Section 55
वार्षिक प्रतिवेदन
(१) प्राधिकरणले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो आय व्ययको विवरण सहित सो वर्ष भरमा आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन प्राधिकरणले सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।